स्कुटर र मोटरसाइकल चोरेको आरोपमा ४ जना पक्राउ
काठमाडाैं | माघ २२, २०८०
काठमाडौं: प्रहरीले विभिन्न स्थानबाट स्कुटर र मोटरसाइकल चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर, मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय शैलेश आले, मकवानपुर बकैया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका–३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका–१३ झरूवारासीबाट चोरी भएको बा.९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२–०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित मकवानपुर बकैया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका–३ बस्ने २४ वर्षीय छविलाल बज्यु पक्राउ परेका थिए ।
उनीहरुलाई चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

